१७ कार्तिक २०८३, मंगलबार

फागुन ४ को संसदमा एमसीसी टेबल हुनसक्ने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ फागुन । फागुन २ गतेका लागि राखिएको संसद बैठक दुइ दिन सारेर फागुन ४ गतेलाई बोलाइएको छ ।

यसैबीच सत्तारुढ दलहरुबीच नै सहमति नभएर अड्केको नेपाल अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) फागुन ४ गतेको प्रतिनिधिसभा बैठकमा पेश हुने तर्क हुन थालेका छन् ।

सत्ता पक्षका प्रमुख घटकमध्ये नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि संसदमा एमसीसी टेबल गर्न सहमत भएको बताइएको छ ।

त्यस्तै, सभामुख अग्नि सापकोटा पनि एमसीसी टेबल गर्न सहमत भएको बताइएको छ ।

यस अवस्थामा आगामी वुधबार बस्ने संसद बैठकमा एमसीसी टेबल हुने सम्भावना बढेर गएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले निरन्तर रुपमा एमसीसी पारित गर्न जोड गरिरहेका थिए । तर सत्तारुढ दलबीच नै सहमति नभएपछि टेबल हुन सकेको थिएन ।

उता अमेरिकाले एमसीसी अनुमोदन नगरे नेपालसँगको विदेश नीतिमा नै परिवर्तन गर्न सकिने चेतावनी दिएपछि नेपालका नेताहरु सशंकित बनेका छन् ।

अमेरिकाले एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदनका लागि २८ फेब्रुअरी अर्थात १६ फागुनसम्म समय दिएको छ ।