८ कार्तिक २०८३, आइतबार

‘जलजला’ का भाइ तथा मसालका नेता योगेन्द्र ढकाल एमालेमा प्रवेश

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ माघ । कम्युनिष्ट आन्दोलनकी योद्धा विद्या ढकाल अर्थात् ‘जलजला’ का भाइ मार्क्सवादी अध्ययता तथा मसालका नेता योगेन्द्र ढकाल एमालेमा प्रवेश गरेका छन् ।

शुक्रबार जलजलाकी सहोदर भाइ योगेन्द्र ढकाल उर्फ अजय शर्मा नेकपा (एमाले) प्रवेश गरेका हुन् । राजदूत माओवादी कोटाबाट भए पनि उनी पुनः मसालमै फर्किएर बुद्धिजीबि संगठनका महासचिव बनेका थिए । शर्माका पत्नी अजिता ढकालसहित एमालेमा प्रवेश गरेका छन् ।

उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका हुन् ।

अष्ट्रेलियाका लागि राजदूतसमेत बनिसकेका ढकालका दर्जनौँ मार्क्सवादी दर्शन सम्बन्धि पुस्तकहरु प्रकाशित छन् ।

जसले नेकपा (एमाले)लाई थप बल पुर्याएको बताइएकाे छ । वाम आन्दोलनको मूलधारमा उनको प्रवेशले कमरेड जलजलाको आत्माले शान्ति पाओस् भनी कामना पनि गरिएको छ ।

वि. सं. २०३५ सालमा मोहनविक्रम सिंह कार्वाहीमा परे । त्यो चर्चित काण्ड थियो– ‘जलजला‘ । २०३० साल अघिदेखि पार्टी पूर्णकालिन सदस्य विद्या ढकाल अर्थात् ‘जलजला‘ । उनी पार्टीभित्र कुशल संगठक थिइन ।

रोल्पाको थवाङमा संगठन निर्माण गर्ने मध्येकी एक महिला नेतृ उनी नै थिइन । उनैप्रति सिंहको गलत दृष्टिहरु परेको पुष्टि पछि सिंह कार्वाहीमा परे । जलजलाको २०३५ सालमा भारतमा दुर्घटनामा परी मृत्यु भनिए पनि अहिलेसम्म रहस्यमय नै छ ।