८ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्रीले एमसीसीलाई पत्र लेख्नु राष्ट्रिय स्वाभिमान विपरीत हो: ओली

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको मुख्यालयलाई पत्र लेख्नु राष्ट्रिय स्वाभिमान हित र प्रोटोकल विपरीत भएको बताएका छन् ।

शुक्रबार पार्टीको स्थानीय तह निर्वाचन केन्द्रीत प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले एमसीसीलाई देशको प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्र लेखेर पारित गर्ने भनेर लिखित प्रतिवद्धता जनाउनु राष्ट्रिय स्वाभीमान विपरीत भएको बताएका हुन् । उनले पत्र लेख्नु प्रोटोकल विपरीत भएको समेत बताए ।