आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

सभामुखले एमसीसी रोक्न पाउने अधिकार छैनः अध्यक्ष ओली

दैनिक नेपाल २०७८ माघ २८ गते १५:११

काठमाडौँ, २८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा पेश गर्न रोक्न नपाउने बताएका छन् ।

शुक्रबार पार्टीको स्थानीय तह निर्वाचन केन्द्रीत प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन् ।

सभामुखले एमसीसी संसदमा पेश गर्न दिन्न भन्नु सभामुखको अधिकारभित्र नपर्ने ओलीको भनाइ छ ।

‘पेश नगरी रोक्छु भन्ने सभामुखको अधिकार छैन, यो उनको कर्तव्य होइन, उनले अनधिकृत ढंगले काम गर्न पाउँदैनन्’ ओलीले भने ।

यसअघि कृष्णबहादुर महरा सभामुख हुँदा पनि एसमीसी संसदमा पेश गर्नबाट रोकिएको ओलीले बताए । ‘संसदले के गर्छ आफ्नै ठाउँमा छ । तर संसदलाई त्यो अधिकार नदिने कुरा अनधिकृत हो’ उनले भने ।

अध्यक्ष ओलीले एमसीसीलाई सरकारले विवादित बनाएको पनि जनाए ।

‘एमसीसीका अधिकारीसँग सेप्टेम्बरमा चार पाँच महिनाको समय दिए पास गर्छौं भनेर किटानी कुरा गर्छन् । यता पास गर्नै हुन्न भन्छन्’ ओलीले भने, ‘सत्ता गठबन्धनकै नेता एउटा पक्षमा बोल्छ, अर्को विपक्षमा बोल्छ । अमेरिकासँग एक खाले, अरु देशसँग अर्कै खाले कुरा गर्छ, जनतासँग एउटा कुरा गर्छ, पार्टीसँग अर्कैखाले कुरा गर्छन् । यो अत्यन्तै गैर जिम्मेवार धोकापूर्ण र दुईजिब्रे व्यवहार देखाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित