
काठमाडौं, २८ माघ । तीन किलो चाँदीसहित प्रहरीले फर्पिङबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं न्यूरोड बस्ने भारत वेस्ट बङ्गाल घर भएका २६ वर्षीय पिण्टु मण्डल छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
वीरगञ्जरबाट काठमाडौं आउँदै गरेको ना. १ ज ६२५३ नम्बरको टाटा सुमोलाई प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार मण्डलले उक्त धातु लुकाई ल्याएको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनलाई उक्त धातु सहित आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।















प्रतिक्रिया