
बर्दिया, २८ माघ । १२ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गर्ने एक जनालाई बर्दिया प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्दियाको बासगढी नगरपालिका–४ का २९ वर्षीय वीरबहादुर रोका छन् । उनलाई बुधबार ती बालिकालाई जबरजस्ती गरेको प्रहरीले जनाएको छ ।
घरमा कोही नभएको मौका छोपी रोकाले विभिन्न किसिमका डरत्रास देखाई मुखसमेत छोपी जबरजस्ती गरेको प्रहरीको भनाइ छ । घटनालगत्तै खटिएको इलाका प्रहरी कार्यालय मोतीपुरको टोलीले उनलाई पक्राउ गरेको हो ।
रोकाविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको बताइएको छ ।















प्रतिक्रिया