
महेन्द्रनगर, २८ माघ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ)को मृत्यु भएको छ ।
महराको सुरक्षामा खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक (असई) ४० वर्षीय बुद्धीबहादुर स्याङतानको मृत्यु भएको हो । उनको शुक्रबार बिहान २ बजे ललितपुरस्थित सुमेरु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर, ललितपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार स्याङतान घर बिदामा रहेका समयमा एक्कासी मुटु दुख्यो भन्दै बेहोस भएपछि परिवारले साढे एक बजे बिहान अस्पताल पुर्याएका थिए । अस्पताल प्रशासनले स्याङतानको अस्पताल ल्याएको केही मिनेटमै मृत घोषणा गरेको बताइएको छ ।















प्रतिक्रिया