८ कार्तिक २०८३, आइतबार

आजदेखि पशुपतिनाथ मन्दिर खुल्यो, मास्क अनिवार्य

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ माघ । कोरोना भाइरस महामारीको तेस्रो लहरका कारण करीब एक महिनादेखि बन्द गरिएको पशुपतिनाथ मन्दिर आज शुक्रबारदेखि दर्शनार्थीका लागि खुला गरिएको छ ।

काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले मठमन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पूजा र ध्यान गराउने प्रावधान कायम गरेपछि मन्दिर खुला गरिएको पशुपति क्षेत्र विकासले जनाएको छ ।

सरकारबाट जारी भएका स्वास्थ्य मापदण्ड पालना गरेर मन्दिर दर्शनार्थीका लागि खोलिएको हो । दर्शनार्थीका लागि मास्क अनिवार्य गरिएको छ ।

माघ ५ गतेदेखि दर्शनार्थीका लागि पशुपतिनाथ मन्दिर बन्द गरिएको थियो ।