८ कार्तिक २०८३, आइतबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ माघ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ ।

हिजो बिहीबारदेखि शुरू भएको कार्यसम्पादन समितिको बैठकमा स्थानीय तहको चुनाव, सङ्गठन सुदृढीकरण, क्रियाशील सदस्यको व्यवस्थापन, नयाँ सदस्यता वितरण, बाँकी जिल्ला अधिवेशनको नयाँ मिति तोक्न केन्द्रीय निर्वाचन समितिलाई आग्रह गर्ने तथा भातृ सङ्गठनको अधिवेशनलगायतका विषयमा छलफल जारी छ ।

साथै कांग्रेसले अमेरिकी अनुदानसम्बन्धी सम्झौता एमसीसीमा पार्टी एकमत रहेको र अगाडि बढाउनुपर्ने निष्कर्ष समेत निकालेको छ । आज पनि यसबारेमा सदस्यहरूले धारणा राख्ने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।