८ कार्तिक २०८३, आइतबार

जुत्ता–चप्पल गोदाममा आगलागी हुँदा पाँच जनाको मृत्यु

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २८ माघ । दाङको तुलसीपुरमा एक जुत्ता–चप्पल गोदाममा आगो लाग्दा पाँच जनाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–५ ‘ङ’ लाइनस्थित जुत्ता–चप्पल गोदाममा आगलागी भएको हो । इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा मध्यराती भएको आलगागीमा परी पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

अहिले आगलागी नियन्त्रणमा लिएर क्षतिको विवरण संकलन भइरहेको प्रहरीले बताएको छ । प्रहरीले घरभित्र जलेका ४ जना पुरूष र १ जना बालिकाको शव निकालेको जानकारी दिएको छ ।

बिहान पौने दुई बजेतिर गस्तीमा गएको प्रहरीको टोलीले आगो लागेको देखेका थिए । त्यसपछि नियन्त्रणका लागि प्रयास भए पनि करीब ५ घन्टापछि मात्र आगो नियन्त्रणमा आएको बताइएको छ ।