
काठमाडौँ, २७ माघ । नेपाली काँग्रेस अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्ने निर्णयमा पुगेको छ ।
सत्ताको नेतृत्व गरिरहेको काँग्रेसका बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले एमसीसी देशको पक्षमा रहेको भन्दै जसरी भएपनि अनुमोदन गर्ने पक्षमा उभिएको छ ।
बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा एमसीसीबारे प्रष्ट पार्न पूर्वअर्थमन्त्री समेत रहेका रामशरण महतलाई प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गरेका थिए ।
महतले एमसीसी अनुदान हो र गुमाउन नहुने बताएका थिए ।
बैठकमा प्रधानमन्त्री देउवाले सरकार एमसीसी पारित गर्ने पक्षमा रहेका जनाएका थिए ।
जनतालाई एमसीसी भनेको बाटो र विद्युतमा हुने लगानी हो भनेर बुझाउनुपर्ने बताइएको छ ।
काँग्रेस नेताहरुले एमसीसी पारित गर्ने मामलामा गठबन्धन टुट्न सक्ने औँल्याएका छन् । यद्यपि एमसीसी भने पारित गर्ने काँग्रेसको निष्कर्ष रहेको छ ।















प्रतिक्रिया