
काठमाडौँ, २७ माघ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) मुख्यालयले सम्झौता संशोधन नहुने बटमलाइन प्रस्तुत गरेको छ ।
त्यस्तै, मुख्यालयले सम्झौता फागुन १६ गते (फेब्रुअरी २८) भित्र नै अनुमोदन हुनुपर्ने डेडलाइन समेत दिएको छ ।
मुख्यालयले सम्झौता कुनै पनि हालतमा संशोधन नहुने पनि स्पष्ट पारेको छ । त्यस्तै, निर्धारित समयमा नै अनुमोदन हुनुपर्ने अडान समेत राखेको छ ।
सत्तारुढ घटकका अन्य दलहरुले एमसीसी संशोधनपछि मात्रै पारित गर्ने अडान राखेको बेला एमसीसी मुख्यालयले वुधबार बेलुका नेपालस्थित एमसीए कार्यालय र दूतावासका अधिकारीसँग भर्चुअल छलफल गर्दै संशोधन नहुने अडान राखेका हुन् ।
छलफलमा एमसीसी उपाध्यक्ष फतिमा सुमार र सह–उपाध्यक्ष जोनथन ब्रुक्स राजदूत रेन्डी बेरी पनि सहभागी थिए ।
उपाध्यक्षा सुमारले नेपाली नेताहरुले नै दिएको समयसीमामा सम्झौता अनुमोदन हुने विश्वास व्यक्त समेत गरेकी छन् ।















प्रतिक्रिया