
काठमाडौं, २७ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ दुबई जाने भएका छन् । दुबईमा अलपत्र परेका नेपालीहरुको उद्धार गर्नाका लागी श्रेष्ठ दुबई जाने भएका हुन ।
उनले दुबईमा अलपत्र परेका नेपालीहरुको उद्धारको लागि परराष्ट्र मन्त्री डा। नारायण खड्कासँग पनि सहयोग मागेका थिए । तर, मन्त्रालयले सहयोग नगरेको कारण उनी आँफै दुबई जाने तयारीमा लागेका हुन् ।
युवाहरुलाई राम्रो रोजगारीको अवसर सिर्जना गर्ने भन्दै ठूलो रकम असुलेर विदेशमा लगेर अलपत्र पार्ने म्यानपावर कम्पनीहरुलाई मन्त्री श्रेष्ठले कारबाही गर्ने पनि चेतावनी दिएका छन् । भने अलपत्र परेका केहि युवालाई उद्धार समेत गरिसकेका छन् ।















प्रतिक्रिया