८ कार्तिक २०८३, आइतबार

मधेशमा एमाले प्रवेशको लहर, चर्चित हस्तीले रोजे एमाले

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ माघ । मधेश प्रदेशसहित देशभर नेकपा एमालेमा प्रवेश गर्नेहरुको रौनक बढेको छ ।

यसै क्रममा जनता समाजवादी पार्टीका बारा जिल्लाका चर्चित नेता सुरेन्द्र ठाकुरसहित निर्वाचित जनप्रतिनिधिहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।

उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित निवासमै स्वागत गरेका छन् ।

ठाकुरसँगै पचरौता नगरपालिका वडा नम्बर ५ बाट निर्वाचित वडाध्यक्ष लक्ष्मी यादवसहित १७ जना जसपाका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसका पूर्वस्ववियू सभापति तथा काँग्रेस नेता जालान्धर सिंह पनि एमाले प्रवेश गरेका छन् ।

हालसम्म मधेशमा प्रभावशाली व्यक्तिहरुले एमालेलाई रोजेका छन् ।