
काठमाडौँ, २६ माघ । प्रमुख सत्तारुढ घटक नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन नगर्ने जनाएका छन् ।
बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका कोइरालाले यस्तो बताएका हुन् ।
उनीहरुबीच एमसीसी, संसद खुलाउने लगायत विषयमा कुराकानी भएको बताइएको छ ।
प्रचण्डले निर्वाचनमा गठबन्धन गरेर जाउँ भन्दै गरेको प्रस्तावलाई कोइरालाले अस्वीकार गरेको बताइएको छ ।















प्रतिक्रिया