
काठमाडौँ, २७ माघ । आज छापावाल सुनको प्रतितोला ५०० रुपौयाँले बढेर रु ९३ हजार ९०० पुगेको छ । बुधबार प्रतितोला रु ९३ हजार ४०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार ४०० छ, जसको मूल्य अघिल्लो दिन रु ९२ हजार ९०० थियो ।
यसैगरी, अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८३३ डलर आसपास कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।















प्रतिक्रिया