
काठमाडौं, २७ माघ । पछिल्लो २४ घण्टाको अवधिमा विश्वभर २४ लाख २ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ हजार २८९ जनाको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठनले दिएको जानकारी अनुसार हालसम्म ४० करोड ३४ लाख २२ हजार ५५६ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै, ३२ करोड ३० लाख २६ हजार २७७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार ५७ लाख ९४ हजार ६२२ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ८५२ को ज्यान गएको छ । ३० हजार २४१ जना सक्रिय संक्रमित रहेका छन् भने ९ लाख ७० हजार ४६२ जनामा संक्रमण भइसकेको छ । त्यस्तै, ९ लाख २८ हजार ३६९ जना संक्रमित निको भइसकेका छन् ।















प्रतिक्रिया