
काठमाडौं, २७ माघ । माध्यामिक शिक्षा परीक्षा एसईईको मित तय गरिएसँगै परीक्षा तालिका पनि प्रकाशित भएको छ ।
हिजो बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । सोही बमोजिमको परीक्षाको समयतालिका आज बिहीबारको गोरखापत्रमा प्रकाशित गरिएको हो । बोर्डको वेबसाइटमा पनि परीक्षा तालिका हेर्न सकिने बताइएको छ ।
स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि एसईईको समयतालिका निर्धारण गरिएको बोर्डले जनाएको छ ।
















प्रतिक्रिया