
काठमाडौं, २७ माघ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक आज बस्दैछ ।
दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा म्याद सकिएका भातृ एवम् शुभेच्छुक संस्थाबारे छलफल हुने बताइएको छ । साथै पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाका सम्बन्धमा पनि बैठकमा छलफल हुने एजेन्डा रहेको कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
यसअघि हिजो बुधबार कांग्रेसका पदाधिकारीको बैठकमा म्याद गुज्रिएका भ्रातृ संस्थाको व्यवस्थापनबारे छलफल भएको थियो ।















प्रतिक्रिया