
काठमाडौं, २६ माघ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ ।
बैठकमा भोलि बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकका एजेण्डाबारे छलफल हुने नेपाली कांग्रेसले जनाएको छ । बैठकमा स्थानीय तहको निर्वाचन र एमसीसी परियोजनाबारे विशेष छलफल हुने बताइएको छ ।
त्यस्तै १६ जिल्लामा बाँकी अधिवेशन, म्याद सकिएका भ्रातृ संस्था लगायतका विषयमा पनि छलफल हुनसक्ने बताइएको छ ।















प्रतिक्रिया