८ कार्तिक २०८३, आइतबार

मेरो डाक्टर एपले ३५ हजारबढीलाई सेवा, १ लाखभन्दा बढी डाउनलोड

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ माघ । ‘मेरो डाक्टर’ले १ लाखभन्दा बढी डाउनलोड तथा ३५ हजारभन्दा बढी बिरामीहरूलाई सेवा पुर्याएको छ । एप स्थापना भएको ८ महिनाको छोटो अवधिमा यसले सेवामा फड्को मारेको हो ।

मेरो डाक्टरमा सूचीबद्ध अस्पतालहरुबाट ३ महिनामा १० हजारभन्दा बढी अस्पतालको ओ।पी।डी।टिकट बिरामीहरूले आफैँ अस्पतालमा नगई घरबाटै भुक्तानी गरेर आस्पतालका सेवाहरु लिन सफल भएका बताउँछज् ।

यसरी घरबाटै अस्पतालको ओ।पी।डी। टिकट लिँदा लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत भएको अनुभव सेवाग्राहीहरू बताउँछन् ।

यो टेक्नोलोजी, स्वास्थ्य सूचना प्रविधिको क्षेत्रमा एउटम विश्वसनीय कम्पनी बन्न् पुगेको छ । मिदासले देशभरका १ सय ५० भन्दाबढी अस्पतालहरूलाई व्यवस्थापन पद्वतिमा सहयोग गर्दै आइरहेको छ ।

मेरो डाक्टरका सेवाहरू

मेरो डाक्टर मोबाइल एप तथा वेभमार्फत अनलाइन टेलिमेडिसनका सेवाको साथै विभिन्न स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।

मेरो डाक्टर मार्फत स्वास्थ्य सेवाहरू प्रयोग गरेर, कुनै पनि व्यक्तिले भिडियो परामर्श लिन, विशेषज्ञ तथा सामान्य चिकित्सकहरुसँग कुराकानी गर्न, निर्धारित औषधिहरू प्राप्त गर्न, अस्पतालको ओ।पी।डी। टिकट भुक्तानी गर्न, स्वास्थ्य प्रोफाइलहरू अद्यावधिक गर्न, वा आफनो मेडिकल रेकर्डहरू, कहीं र कुनै पनि समयमा हेर्न सकिनेछ ।

मेरो डाक्टर मार्फत उपलब्ध केही पूर्णकालीन चिकित्सकहरुसँग बिरामीले दैनिक रुपमा बिहान ७ः०० बजेबाट राती ९ः०० बजेसम्मको समयमा तत्काल निः शुल्क परामर्श लिन सक्नुहुनेछ ।