
काठमाडौँ, २४ माघ । नेकपा (एमाले) सम्वद्ध युवा संघले सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेकोमा स्वागत गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेको हो ।
युवासंघले एक विज्ञप्ति जारी गर्दै आफ्नो मूख्य माग सम्बोधन भएको उल्लेख गरेको छ ।
यद्यपि आफ्ना अन्य मागहरु कायमै रहेको संघले जनाएको छ ।
‘युवा आन्दोलनले सार्थकता पाएको छ,’ अध्यक्ष किरण पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘हाम्रो एक मुख्य मुद्धाको सम्बोधन भएको छ । वैशाख ३० गते स्थानिय निर्वाचन घोषणा भए संगै मातहत सम्पूर्ण कमिटी हरुलाई अबका हरेक कार्यक्रम, अभियानहरुलाई निर्वाचन केन्द्रित गर्न र गराउन राष्ट्रिय युवा संघ नेपाल निर्देशन गर्दछ ।’
युवा संघले मूल्यवृद्धि फिर्ता हुनुपर्ने, हिंसात्मक अभिव्यक्ति दिएकी मन्त्री रेणु यादवलाई बर्खास्त गर्नुपर्ने, स्वास्थ्य मन्त्रीलाई कारवाहीको अडान कायमै रहेको जनाएको छ ।












प्रतिक्रिया