१८ कार्तिक २०८३, बुधबार

वैशाख ३० मा स्थानीय निर्वाचन गर्दा कानुन संशोधन गर्नु पर्दैनः मन्त्री कार्की

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ माघ । सरकारका प्रवक्ता तथा सुचना एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वैशाख ३० गते गरिने स्थानीय तहको निर्वाचनका लागि कानुन संशोधन आवश्यक नरहेको जनाएका छन् ।

सोमबारको मन्त्रिपरिषद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

निर्वाचन आयोगले आगामी जेठ ४ गतेभित्र स्थानीय तहको निर्वाचन गर्दा कानुन संशोधन गर्नु नपर्ने जनाएको मन्त्री कार्कीले बताए ।

सरकारले आगामी वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ ।