
काठमाडौँ, २३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय प्रसिद्ध गायिका लता मङ्गेशकरको निधनप्रति दुःख व्यक्त गरेकी छन् ।
विश्वप्रसिद्ध गायिका मङ्गेशकरको आइतबार विहान ९२ वर्षको उमेरमा निधन भएको हो ।
ट्वीटरमार्फत राष्ट्रपति भण्डारीले मङ्गेशकरले नेपाली गीत सङ्गीतमा दिएको योगदानको स्मरण गर्दै शोक व्यक्त गरेकी हुन् ।
उनले लेखेकी छन्, ‘धेरै नेपाली गीतलाई समेत आफ्नो सुमधुर आवाजले सजाउनुभएकी भारतकी प्रख्यात गायिका लता मङ्गेशकरको निधनको खबरले मलाई दुःखी बनाएको छ । असाधारण प्रतिभाकी धनी दिवङ्गत लता मङ्गेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली ।’












प्रतिक्रिया