१८ कार्तिक २०८३, बुधबार

प्रदेश १ मा मन्त्रिपरिषद विस्तारसँगै सरकार ढल्ने सम्भावना

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ माघ । प्रदेश १ मा मुख्यमन्त्री राजेन्द्र राई एकलौटी ढंगले अघि बढ्न खोजेको भन्दै नेपाली काँग्रेसले सरकार ढाल्ने चेतावनी दिएको छ ।

प्रदेश १ का काँग्रेसका नेताहरुले ७ दिनमै सरकार ढाल्ने चेतावनी दिएका हुन् ।

उनले मुख्यमन्त्री राईले आफूहरुसँग सल्लाह नगरेको भन्दै चर्को आक्रोश व्यक्त गर्दै सरकार ढाल्ने चेतावनी दिएका हुन् ।

प्रदेश १ को मन्त्रिपरिषद विस्तारको सपथग्रहण समारोहमा काँग्रेस संसदीय दलका नेता राजिव कोइराला तथा उपनेता हिमाल कार्की सहभागी भए ।

तर काँग्रेसका नेता तथा सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की भने शपथग्रहणमा सहभागी भएनन् ।

आफू नियुक्त भएको ९७ दिनपछि प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले जम्बो मन्त्रीमण्डल निर्माण गरेका छन् ।

उता नेकपा एमालेले भने जम्बो मन्त्रिमण्डल बनाएपछि आर्थिका भार थपिने भन्दै चर्को विरोध गरेको छ । सत्तापक्षले भने आर्थिक भार बढ्न नदिने दावी गरेको छ ।