काठमाडौँ, २३ माघ । काठमाडौं उपत्यकाभित्र यातायातमा लागु गरिएको जोरबिजोर प्रणलि हटाउन सिसीएमसीले सिफारिस गरेको छ।
पछिल्लो समयमा कोरोना संक्रमणदर घट्दै गएको भन्दै कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सिसीएमसी) को आज बसेको बैठकले जोर बिजोर हटाउन सिफारिस गरेको हो।
कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट सहितको संक्रमण तीव्र गतिमा बढेसँगै यसअघि काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर, ललितपुर) का प्रमुख जिल्ला अधिकारीको बैठकले जोरबिजोर प्रणाली लागू गर्ने आदेश दिएको थियो ।
हाल निजी सवारी साधन र ट्याक्सीहरूमा मात्रै जोर बिजोर प्रणाली लागु थियो। जोर बिजोर प्रणाली हटे मानिसहरुलाई आवागमनमा सहज हुने भएकाले उपत्यकाभित्र यातायातमा लागु गरिएको जोरबिजोर प्रणलि हटाउन सिसीएमसीले सिफारिस गरेको हो ।












प्रतिक्रिया