१८ कार्तिक २०८३, बुधबार

थप १ हजार ३८६ जनामा कोरोना, ११ को मृत्यु, ८ हजार ७०४ जना निको

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ माघ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३८६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा १ हजार ३८६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ६ हजार ४४३ पीसीआर र एन्टिजेन विधिबाट २ हजार ८०८ एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ३८६ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ११ लाख ६८९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ७०४ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख ६३९ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ४५ हजार २४८ जना रहेको छ ।

थप करिब ८० हजार जनाले खोप लगाएका छन् । हालसम्म करिब डेढ करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ८१४ जना पुगेको मन्त्रालयले जनाएको छ ।