
काठमाडौँ, २२ माघ । सप्तरीमा आफ्नौ भाउजूलाई एक युवकले पेट्रोल छर्केर आगो लगाएपछि उपचारका क्रममा उनको मृत्यु भएको छ ।
आगोमा जलेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बोदेबर्साइन नगरपालिका–१ धनगढी निवासी प्रमेश्वर साहले भाउजू राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा उनको मृत्यु भएको हो ।
घरमा रोटी पकाइरहेको अवस्थामा माघ २१ मा २० वर्षीय देवर प्रमेश्वरले २७ वर्षीया भाउजु राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।
उनको विराटनगरमा उपचारका क्रममा शनिबार राती मृत्यु भएको थियो ।
राजकुमारीकी पति रबिनकुमारले आफू नभएको बेलामा भाइले आफ्नी श्रीमतीको हत्या गरेको भन्दै प्रहरीमा जाहेरी दिएका प्रहरीले जनाएको छ ।
आगो लगाउनेको खोजी भइरहेको प्रहरीको भनाइ छ ।












प्रतिक्रिया