८ कार्तिक २०८३, आइतबार

राष्ट्रपति वसन्त श्रवणमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गरेकी छन् ।

आइतबार बसन्तपुरको हनुमानढोका दरबारमा श्रीपञ्चमीको पूजा आराधनाका लागि उपस्थित भएकी राष्ट्रपति भण्डारीसहित प्रधानमन्त्री लगायतले बसन्त श्रवण गरेका हुन् ।

माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्वमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा श्रद्धा गरिन्छ ।

राजतन्त्रपछि राष्ट्र प्रमुखको रुपमा राष्ट्रपति बसन्त श्रवणका लागि जाने गरेका छन् ।

वसन्त श्रवणमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटालगायत पनि सहभागिता रहेको थियो ।