१८ कार्तिक २०८३, बुधबार

अपहरणसम्बन्धी अफवाह फैलाउने एकजना पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २३ माघ । दाङमा अपहरणसम्बन्धी अफवाह फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

गएराति करिब १० बजेको समयमा तुल्सीपुरस्थित इलाका प्रहरी कार्यालयमा फोन गरी आफूलाई चार जना मानिसहरुले अपहरण गरि जंगलमा लगेर राखेको भनि अफवाह फैलाएको आरोपमा प्रहरीले सल्यानका खिमबहादुर ओलीलाई पक्राउ गरेको हो ।

ओलीले मदिराको मातमा अफवाह फैलाएको पाइएपछि आईतबार विहान ४ बजे एक होटलबाट प्रहरीले पक्राउ गरिएको दाङ्गका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिएका हुन् ।