
प्युठान, २२ माघ । प्युठानमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुने ८ जनाको सनाखत भएको छ ।
शनिबार विहान नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप दुर्घटना भएको थियो ।
दुर्घटनामा ३९ वर्षीय वसन्त खड्का, उनकी श्रीमती ३९ वर्षीया वसन्ती खड्का र १३ वर्षीया छोरी एलिसा खड्का, ५० वर्षीय नन्दी खड्का, ३० वर्षीया केशरी खड्का, ५० वर्षीय बलबहादुर खड्का, ३२ वर्षीय खिमबहादुर खत्री, र १८ वर्षीया विपना जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
दुर्घटनामा बेहुला र बेहुली भने घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको र २ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया