
काठमाडौँ, २१ माघ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५२६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा २ हजार ५२६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ६ हजार ६५५ पीसीआर र एन्टिजेन विधिबाट ४ हजार ४१८ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ५२६ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या १० लाख ९७ हजार ५८९ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ८ हजार ४२५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख ९५ हजार ८६८ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ५६ हजार ४५७ जना रहेको छ ।
थप ५ लाख १३ हजार ५१ जनाले खोप लगाएका छन् । हालसम्म करिब डेढ करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।
थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ७९४ जना पुगेको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया