८ कार्तिक २०८३, आइतबार

एमाले वेबसाइटमा ‘प्रभावशाली राजनेता’को सूची सार्वजनिक

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ माघ । नेकपा (एमाले) ले प्रभावशाली राजनेताको सूची सार्वजनिक गरेको छ ।

एमालेले आफ्नो परिमार्जित वेबसाइट https://www.cpnuml.org मार्फत तीन जना नेतालाई राजनेताको रुपमा तस्वीरसहित विवरण प्रकाशित गरेको हो ।

वेबसाइटमा ‘प्रभावशाली राजनेता’ का रुपमा संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, तात्कालिन महासचिव जननेता मदन भण्डारी र नेपालकै पहिलो कम्युनिष्ट प्रधानमन्त्री तथा एमालेका तात्कालीन अध्यक्ष मनमोहन अधिकारीको नाम सार्वजनिक गरिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टीको परिमार्जित वेबसाइट वुधबार सार्वजनिक गरेका थिए ।

वेबसाइटमा पार्टी सदस्यता लिन सकिने र नवीकरण गर्न सकिने विशेषता समेत थपिएको छ ।