८ कार्तिक २०८३, आइतबार

निर्वाचनको मिति तोक्न एमालेको दवाव, नतोके आन्दोलन गर्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ माघ । नेकपा एमालेले सरकारलाई स्थानीय तहको निर्वाचन मिति तोक्न बिहीबारसम्मको समय दिएको छ ।

यदि बिहीबारसम्ममा निर्वाचनको मिति नतोके केन्द्रसहित सातवटै प्रदेशमा प्रदर्शन गर्ने एमालेले निर्णय गरेको छ ।

वुधबार बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

एमालेको जनसंगठनहरुले सरकारलाई समयमै निर्वाचनको मिति घोषणा गर्न दवाव दिएका छन् ।

त्यस्तै, एमालेले प्रदेश १ र सुुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा अन्तर्घात भएकोबारे छानविन गर्न प्रदेश कमिटीलाई निर्देशन पनि दिएको छ ।

साथै महिला, युवा, विद्यार्थी र किसान महासंघ बाहेकका अन्य जन संगठनको महाधिवेशन प्रक्रिया अघि बढाउने एमाले सचिवालय बैठकले निर्णय गरेको छ ।

बैठकले पार्टीको नियमावली, जन संगठनको निर्देशिका पारित गर्नुका साथै सहकारी र स्थानीय निकाय विभागमा सदस्य थप्ने निर्णय गरेको जनाइएको छ ।

बैठकले प्रचार विभाग र स्कुल विभाग पनि गठन गरेको भन्दै चैत महिनाभित्र पार्टी सदस्यता वितरण र नवीकरण गरिसक्ने निर्णय गरेको छ । त्यस्तै पार्टी सदस्यतासम्बन्धी केन्द्रमा अभिलेख राख्न प्रत्येक जिल्लामा आइटी विज्ञ राख्ने एमालेले जनाएको छ ।