८ कार्तिक २०८३, आइतबार

राष्ट्रिय युुवा संघ बागलुङद्वारा रक्तदान कार्यक्रम, ३० पिन्ट रगत सङ्कलन

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, १८ माघ । नागरिकले स्वस्थ जीवन जिउन पाउने नैसर्गिक अधिकारलाई दृष्टिगत गर्दै तथा कोभिड–१९ का कारण उत्पन्न रगत अभाव पूर्तिका लागि राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बागलुङले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

धवलागिरी बहुमुखी क्याम्पसको प्राुङ्गणमा हिजो सोमबार सम्पन्न उक्त रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् । ‘रक्तदान नै जीवन दान हो’ भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रम गरिएको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बागलुङका संयोजक बुद्ध बोहोराले जानकारी दिए ।

कार्यक्रममा सम्बोधन गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा गण्डकी प्रदेश कमिटी सह–इन्चार्ज मनकुमारी केसीले एमालेको मुख्य जनवर्गीय संगठनका रूपमा रहेको राष्ट्रिय युवा संघ नेपालका युवाहरूले गरेको परोपकारी कामले आफूलाई गौरव लागेको बताइन् ।

त्यस्तै नेकपा एमाले जिल्ला कमिटी बागलुङका अध्यक्ष हिराबहादुर केसीले युवाहरूले सामाजिक कार्यमा देखाएको सक्रियता र रचनात्मक कार्यमा नेकपा एमाले जिल्ला कमिटीले सदैव आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पार्टीका नेता कार्यकर्ता लगायत विद्मार्थीहरूको सहभागिता रहेको कार्यक्रमको सञ्चालन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य रेशम घर्तीमगरले गरेका थिए । रोहन जीसीबाट