
काठमाडौं, १८ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबारदेखि सञ्चालन ल्याएको ‘कल सेन्टर’मा गुनासो आएसँगै मन्त्रालयले नै राजधानीकोएक म्यानपावरमा स्ट्रिङ अपरेशन गरेको छ ।
कामदारलाई ठगी गरिरहेको सूचना आएपछि मन्त्रालयले गठन गरेको ‘मार्सल टोली’ले हिजो सोमबार स्ट्रिङ अपरेशन गरेको मन्त्रालयले जनाएको छ । काठमाडौंको सिनामंगलस्थित मिनवा म्यानपावरले वैदेशिक रोजगारीमा जाने श्रमिकसँग सरकारले तोकेभन्दा धेरै रकम लिइ ठगी गरिरहेको सूचना आएपछि मन्त्रालयले गठन गरेको मार्सल टोलीले सञ्चालक हेमराज राईसहित तीनजनालाई नियन्त्रणमा लिएको छ ।
वैदेशिक रोजगारीमा कतार जाने तयारीमा रहेकाअलि मुस्तफासँग १ लाख २० हजार रुपैयाँ लिंदै गरेको अवस्थामा म्यानपावर सञ्चालक राई, म्यानपावरका कर्मचारी साहरा थापा तथा एजेन्ट महोम्मद इसाक मियाँलाई रकमसहित नियन्त्रणमा लिइ केन्द्रीय अनुसन्धान व्युरोमा लगिएको ‘मार्सल टोली’का संयोजक बिष्णु लामिछानेलाई उद्धृत गर्दै मन्त्रालयले जानकारी दिएको छ ।
सरकारले तोकेभन्दा धेरै रकम लिने म्यानपावरका बारेमा सूचना पाए तत्काल स्ट्रिङ अपरेसन गरिने मन्त्रालयको योजना छ । आइतबार ‘कल सेन्टर’ सुरुवात गर्ने क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग पहिलो फोनमा गुनासोकर्ताले म्यानपावरले सरकारले तोकेभन्दा बढी पैसा असुली गर्ने गरेको बताएका थिए ।















प्रतिक्रिया