
काठमाडौँ, १७ माघ । सरकारले दूधको मूल्य बढाउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ ।
यसअघि दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो । हाल लिटरमा १३.१७ प्रतिशत अर्थात् ६.५२ रुपैयाँले बढाइएको हो ।
दूधको मूल्य फ्याट र एसएनएफको आधारमा तय गरिएको हो ।
कृषि मन्त्रालयले दूधको फ्याट ४ प्रतिशत र एसएनएफ (धृतांश बाहेकको ठोस पदार्थ) ८ प्रतिशत कायम गरेको छ । यो न्युनतम मात्रा हो ।
किसानले जति फ्याट र एसएनएफ बढी हुन्छ त्यतिले बढी मूल्य पाउनेछन् ।















प्रतिक्रिया