
काठमाडौं, १५ माघ। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थानीय तहको निर्वाचनको मिति टार्ने सत्ता गठबन्धनविरूद्ध आन्दोलनको तयारीमा जुटेको छ।
अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि जनसंगठन समन्वय कमिटीको शनिबार बैठक राखी आन्दोलनको रुपरेखा तयार गर्न लागिएको हो।
अध्यक्ष ओलीले सत्ता गठबन्धन संविधान मास्नका लागि स्थानीय तहको चुनाव समयमा नगरी धकेल्ने षडयन्त्रमा लागेका कारण दबाबका लागि आन्दोलन गर्न निर्देशन दिएका थिए।
एमालेका २२ वटा जनसंगठनले आफ्ना सम्बन्धित कमिटीमार्फत आन्दोलनको तयारी थाल्नका लागि समन्वय कमिटीको बैठकले खाका तयार पारी सर्कुलर जारी गर्नेछ।















प्रतिक्रिया