
काठमाडौं, १५ माघ । नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले जनतामा जाँदा हरिबिजोक हुने निश्चित भएपछि पाँच दलीय सत्ता गठबन्धन निर्वाचनमा जानबाट डराएको बताएका छन् ।
पानीसँग जुत्ता डराएको जसरी निर्वाचनसँग पाँच दलीय गठबन्धन डराएको भन्दै थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जनतामा जाँदा हरिविजोक हुने निश्चित छ, अनि पानीसँग जुत्ता डराएसरी पाँच दल चुनावसँग माघको सिरेटोमा नांगाभुतुङ्गा भुराहरू जसरी लुगलुग काँपिरहेका छन् ।’
‘अर्थतन्त्र कोल्याप्स हुने भीरको डिलमा पुगेको छ, तै पनि यिनलाई कुनै चिन्ता र मतलब छैन,’ थापाले लेखेका छन्, ‘शेरबहादुर देउवा, पुषकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, उपेन्द्र यादव, बाबुराम भट्टराई र दुर्गादेवी पौडेलको पञ्चभलाद्मी (!) गठबन्धनचाहिँ जारी छ ? किनभने, कालेकाले मिलेर खाउँ भाले भन्नेमा एकसूत्रीय सहमति भने कायम छ ।’
गठबन्धनको कार्यशैलीलाई ‘विनाशकाले विपरित बुद्धि’ भएको संज्ञा दिँदै थापाले ‘शायद सर्वनाश पनि यस्तै मतिहीनहरूका कारणले नै हुन्छ’ भनेर कडा टिप्पणी समेत गरेका छन् ।
यस्तो छ उनको टिप्पणी–















प्रतिक्रिया