८ कार्तिक २०८३, आइतबार

आज नर्सिङ दिवस मनाइँदै, औपचारिक कार्यक्रमहरू रद्द

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । आज नेपालमा नर्सिङ दिवस मनाइँदै छ ।

नर्सहरुको पेसागत हकहित र सुरक्षाका लागि भन्दै २०१८ साल माघ १५ गते आजकै दिन नेपाल नर्सिङ सङ्घको स्थापना भएको थियो । सोही दिनको सम्झनामा आज नर्सिङ दिवस मनाइन लागिएको हो । नर्सिङ सङ्घको स्थापनाको दिन पारेर हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाइँदै आइएको छ ।

विगतमा यो दिवसका अवसरमा सम्बन्धित विभिन्न सङ्घसंस्थाले कार्यक्रम गरेर मनाउने गरेको भए पनि यो वर्षका धेरै औपचारिक कार्यक्रमहरू रद्द गरिएको नेपाल नर्सिङ संघकी अध्यक्ष प्रा. मनकुमारी राईले जानकारी दिएकी छिन् ।

उनका अनुसार आज थोरै संख्याको उपस्थितिमा वृक्षरोपण गर्न तयारी छ ।

नेपालमा बर्सेनि हजारौँको सङ्ख्यामा नर्सहरु उत्पादन हुँदा यसको व्यवस्थापन हुन सकेको छैन । उत्पादन भएका नर्सहरुको व्यवस्थापन हुन नसक्दा नर्सहरु स्वयम्सेवीका रुपमा काम गर्न बाध्य रहेका छन् । जसले गर्दा उनीहरुको पेसागत सुरक्षा अझै प्रत्याभूत हुन सकेको छैन ।