
काठमाडौं, १५ माघ । आगामी निर्वाचनका विषयमा छलफलका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा सत्ता गठबन्धनको बैठक आज बस्दै छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा स्थानीय तहको निर्वाचन संवैधानिक व्यवस्था र निर्वाचन कानून अनुसार वैशाखमै गर्ने वा गठबन्धनको अनुकूल हुनेगरी सार्ने भन्ने निर्णय हुने छ ।
निर्वाचन कानून नै संशोधन गरेर वैशाखको निर्वाचन सार्ने रणनीतिमा रहेको गठबन्धनको सर्वत्र आलोचना भइरहेका बेला बैठक बोलाइएको हो ।
प्रधानमन्त्री एवम् कांग्रेसका सभापति देउवाले हिजो मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए ।















प्रतिक्रिया