
काठमाडौँ, १३ माघ । काठमाडौँको शंकरापुरमा एक दम्पति मृत भेटिएका छन् ।
बिहीबार शंकरापुर नगरपालिका ३ बोजिनी बस्ने ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीय फुलकुमारी थिङ बन्द कोठाभित्र भेटिएका हुन् ।
वुधबार खाना खाएर सुतेका उनीहरु बिहीबार अबेरसम्म नउठेपछि छोरा सूर्यबहादुर थिङले ढोका फुटाएर हेर्दा उनीहरु मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
उनीहरुको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।












प्रतिक्रिया