
काठमाडौँ, १२ माघ । काठमाडौँको कपनस्थित घटराज मेमोरियल स्कुल ब्रिटिश काउन्सिलद्वारा प्रतिपादित अन्तर्राष्ट्रिय स्कूल अवार्ड २०२०–२१ संस्करणको विजेता बन्न सफल भएको छ ।
यस अवधारणा अनुरूप हरेक वर्ष एक शैक्षिक सत्र भित्र पाठ्यक्रमसँग सम्बंधित रही विभिन्न ८ वटा शैक्षिक परियोजनाको सफल संचालन गरी व्यवहारिक र समय सापेक्ष शिक्षा प्रवाह गर्ने विद्यालयलाई ब्रिटिश काउन्सिलले सम्मानित गर्ने व्यवस्था रहेको छ ।
८ वटा परियोजनामध्ये ३ ओटा अन्तर्राष्ट्रिय विद्यालय साझेदारी, एक निजी–सरकारी विद्यालय साझेदारी, दोस्रो स्थानीय पाठ्यक्रममा आधारित र बाँकी विद्यालय भित्रै एक शैक्षिक वर्ष भित्र संचालन गर्नु पर्ने हुन्छ ।
घटराजले अन्तराष्ट्रिय साझेदारी अन्तर्गत भारत र पाकिस्तानका तीन फरक विद्यालय र निजी–सरकारी अन्तर्गत श्री जनकल्याण मा. वि., महाँकालसँग साझेदारी गरेको थियो भने स्थानीय पाठ्यक्रम अन्तर्गत बुढानिलकण्ठ मन्दिरको विषयमा केन्द्रित हुँदै शिक्षण परियोजना कार्यहरुको सफल सन्चालन गरेको थियो ।
यस सफलताले विद्यालयलाई अन्तराष्ट्रिय स्तरको शिक्षा प्रवाहमा थप उचाई र बल पुगेको भन्दै विद्यालयका प्रधानाध्यापक डा. राजेश राज भट्टराईले खुशी व्यक्त गरे ।
साथै यस सफलताको लागि निरन्तर लागि परेका आई. एस. ए. यात्राको संयोजक र विद्यालयका वरिष्ठ संयोजक प्रकाश कलेल, प्रोजेक्ट लिडरहरु मनोज कुमार शाह, छिरिङ डोल्मा तामाङ, सबिना मोक्तान, सरस्वती बस्नेत, मनिशा बराल, समीक्षा अधिकारी, सम्झना सिग्देल, जेसिका लामा र सम्पूर्ण शिक्षक शिक्षिकाहरु, विद्यार्थी भाईबहिनीहरु, अभिभावकहरु र सम्पूर्ण शुभचिन्तकहरु प्रति आभार प्रकट गरे ।
साथै यसै विद्यालयका अध्यक्ष रीना भट्टराई तथा एकेडेमिक डाइरेक्टर बिमला घिमिरेले समेत प्रोजेक्ट लिडर भई परियोजना कार्य सफल बनाएकी थिइन् ।












प्रतिक्रिया