
काठमाडौँ, १२ माघ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १३ हजार ५४९ पीसीआर र एन्टिजेन विधिबाट ६ हजार ८१० एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार ४५४ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या १० लाख ३३ हजार ६२६ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ४३३ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख २४ हजार २३९ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ९० हजार ६७ जना रहेको छ ।
हालसम्म एक करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।
२४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६७२ जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया