१९ कार्तिक २०८३, बिहिबार

एकै पटक तीन तहको निर्वाचन सम्भव छैनः एमाले उपमहासचिव गुरुङ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १२ माघ । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले एकै चरणमा सबै तहको निर्वाचन गर्न नसकिने बताएका छन् ।

वुधबार राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गरेपछि पोखरामा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सबै तहको निर्वाचन एक चरणमा गर्न सम्भव नहुने बताएका हुन् ।

‘तीन तहको निर्वाचन एकै चरणमा सम्भव छैन, एक तहको त एक चरणमा हुन सक्दैन तीन तहको एकै चरणमा कसरी सम्भव हुन्छ ?’ गुरुङले प्रश्न गरे ।

उनले गठबन्धन सरकारले आलटाल नगरी निर्वाचन गर्नुपर्ने बताए । गुरुङले पहिले स्थानीय तहको र त्यसपछि मात्रै प्रदेश र संघको निर्वाचन गर्नुपर्ने बताए । उनले भने ‘दायाँबायाँ नगरी आलटाल नगरी आफ्नो स्वार्थ नहेरि चुनाव गर्नुपर्छ ।’