१९ कार्तिक २०८३, बिहिबार

घट्यो नेपालको जनसंख्या वृद्धिदर, कुन प्रदेशमा कति ?

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ माघ । नेपालको जनसंख्या वृद्धिदर घटेको छ ।

जनगणनाको प्रारम्भिक नतिजाअनुसार नेपालमा पछिल्लो १० वर्षमा जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत मात्र रहृयो । केन्द्रिय तथ्यांक विभागले यो पछिल्लो ८ दशकयताकै कम वृद्धिदर रहेको जनाएको छ ।

जसमा सबैभन्दा कम जनसंख्या वृद्धिदर गण्डकी प्रदेशमा भएको विभागले वुधबार जानकारी दिएको छ । जसअनुसार गण्डकी प्रदेशमा जनसंख्या २४ लाख ७९ हजार ७ सय ४५ जना रहेको छ ।

गण्डकीमा पछिल्लो १० वर्षको जनसंख्या केवल ०.३१ प्रतिशत वृद्धिदर पाइएको छ । २०६८ सालमा गण्डकीमा २४ लाख ३ हजार ७ सय ५७ जनसंख्या रहेको थियो ।

त्यस्तै, सबैभन्दा बढी वृद्धिदर लुम्बिनी प्रदेशमा भएको छ । ५१ लाख २४ हजार २ सय २५ जनसंख्या हुँदा वृद्धिदर १.३० प्रतिशत रहृयो । २०६८ सालमा यहाँ ४४ लाख ९९ हजार २ सय ७२ जनसंख्या रहेको थियो ।

त्यसैगरी, प्रदेश १ मा ०.९२, मधेश प्रदेशमा १.२५, बागमतीमा ०.९६, कर्णालीमा ०.७६ र सुदुरपश्चिम प्रदेशको जनसंख्या वृद्धिदर ०.६० प्रतिशत रहेको विभागले जनाएको छ ।

नेपालको जनसंख्या २०६८ मा २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेकोमा २०७८ मा ०.९७ प्रतिशतले बढेर २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको विभागको तथ्यांकले देखाएको छ ।