शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

यी १५ जिल्लामा छन् ५०० बढी कोरोना संक्रमित

दैनिक नेपाल २०७८ माघ ११ गते २०:०८

काठमाडौँ, ११ माघ । मंगलबार नेपाल थप १२ हजार ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै देशभर अहिले ८८ हजार भन्दा धेरै सक्रिय कोरोना संक्रमितहरु रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

जसमध्ये देशका १५ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ५०० भन्दा बढी सङ्क्रमित हुने जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका छन् ।

त्यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका १७ जिल्ला रहेका छन् । ती जिल्लामा पर्सा, बारा, महोत्तरी, सप्तरी, सर्लाही, सिरहा, नुवाकोट, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, गोरखा, तनहुँ, स्याङ्जा, बागलुङ, दाङ, पाल्पा र कञ्चनपुर रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित