शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

मल कारखाना खोल्न व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

दैनिक नेपाल २०७८ माघ ११ गते २०:००

 

काठमाडौँ, ११ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग व्यवसायीहरुलाई मल कारखाना खोल्न आग्रह गरेका छन् ।

उनले मलकारखाना सञ्चालनका लागि सरकारले सहयोग गर्ने पनि जनाए ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अफगान नागरिकहरूलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

उनले आफगान नागरिकलाई सहयोग गरेकोमा धन्यवाद पनि व्यक्त गरेका थिए ।

प्रधानमन्त्री देउवाले भने, ‘अफगानिस्तानमा अत्यन्तै खाद्य संकट छ । त्यसमा यूएनएसमेतले अफगानीहरू भोकै मर्न थाले मानवीय सहायता सहयोग चाहियो भनेर सहयोग माग्दा नेपालका सबै उद्योगपतिले मानवीय संकटमा खाद्यान्न पु¥याउने जस्तो कुरामा मद्दत गर्नुभयो, सबैलाई हार्दिक धन्यवाद । हामी प्राइभेट एयरलाइन्स मात्रै होइन, उद्योगधन्धा जुनसुकैका लागि पनि सहयोग गर्न चाहन्छौं । कतिपय सरकारलाई प्राथमिकताहरू हुन्छन् । जस्तो अहिले कुरा आएको छ, फर्टिलाइजर प्रायोरिटीको । कुरा भएन, पाइएकै छैन के गर्नु ? यहाँ त्यो उद्योग खोल्नुस् ।’

प्रतिक्रिया
सम्बन्धित