बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

प्रहरीमा एआईजीको तीन दरबन्दी थप गरिँदै

दैनिक नेपाल २०७८ माघ ११ गते १७:२६

काठमाडौँ, ११ माघ । नेपाल प्रहरीमा विशिष्ट श्रेणीको तीन वटा दरबन्दी थपिने भएको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को तीन वटा दरबन्दी थप गर्नका लागि संगठन संरचना तथा व्यवस्थापन सर्भे (ओएण्डएम) गरेर गृह मन्त्रालयमा पठाएको प्रस्ताव मन्त्रिपरिषदमा पुगेको बताइएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनको निर्देशनले मन्त्रिपरिषदमा पुगेको प्रस्ताव प्रति प्रधानमन्त्री शेरबहादुर देउवा पनि सकारात्मक देखिएको बताइएको छ ।

दरबन्दी थप हुने कुरा राम्रो भएको तर आफ्नैलाई बढुवा गर्न लागिएको भन्दै कतिपयले गुनासो पनि पोखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित