बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

श्रीमतीलाई हत्या गरी घरमै गाडेको अभियोगमा पक्राउ

दैनिक नेपाल २०७८ माघ ११ गते १७:२०

सांकेतिक तस्वीर

काठमाडौँ, ११ माघ । आफ्नै श्रीमती ५५ वर्षीया सिता श्रेष्ठको हत्या गरेको अभियोगमा धनकुटा नगरपालिका–४ छारागाँउ बस्ने ५५ बर्षीय सिताराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

गत पुस १६ गते बेलुका देखि सिता श्रेष्ठ र सिताराम श्रेष्ठ हराई बेपता भएको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले सितारामलाई आइतबार काठमाडौँबाट फेला पारी पक्राउ गरेको थियो ।

थप सोधपुछको क्रममा उनले श्रीमतीको हत्या गरी घरभित्र नै गाडेको भनी बयान दिएपछि उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले सिताको शव फेला परेको हो । उनी उपर कर्तब्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

त्यस्तै, सिरहामा आफ्नै छोरा ३० वर्षीय प्रमेश्वर सदायलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा सखुवानान्कारकट्टी गाउँपालिका–२ पट्ना बस्ने ६० वर्षीय सोनाई सदायलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

घरायसी वाद विवादको क्रममा सोनाईले आफ्नै छोरालाई बन्चरो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित